हिमपात र शितलहरको जोखीम क्षेत्र(कुनकुन जिल्ला पर्छन्)

काठमाडौ, ४ मंसीर । प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानमा कतिपय नागरिकको मुत्यु हुने गरेको सरकारी तथ्याङकले देखाउने गरेको छन । सरकारी आँकडा अनुसार हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमामा शितलहरको कारण कतिपय नागरिकको मुत्यु हुने गरेको छ । गृह मन्त्रालयका अनुसार प्रतिकुल मौसमका कारण बढी हिमपातबाट जोखिम क्षेत्र भनेर ताप्लेजुङ सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्वलाई पहिचान गरेको छ ।
यस्तै शीतलहरबाट प्रभावित जिल्लामा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर छन् ।यस पटक गृहले आवश्यक तयारी स्वरूप स्थानीय तहसँग समन्वय गरी शीतलहर र चिसोसम्बन्धी आवश्यक तयारी गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया