विप्लव समुहका कार्यकर्ता पक्राउ

तुलसीपुर, ३ मंसीर ।सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व समुहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पश्चिम दाङको बबई गाउँपालिका वडा नम्वर २ ट्वाङखोला बस्ने ४८ बर्षिय रण बहादुर वलीलाई पक्राउ गरिएको हो । सोही ठाउँमा हिड्डुल गरिरहेको अवस्थामा मंगलवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी पार्टीको जिल्ला कमिटि समस्य समेत भएको प्रहरीले बताएको छ । प्रहरीले चार दिनको अवधीमा विप्लव समुहका चार जना नेता तथा कार्यकर्तालाई पक्राउ गरीसकेको छ । गत शनिवार देखी लगातार प्रहरीले विप्लव समुहलाई पक्राउ गदै आएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया