मरेको कुखुराको मासु खाँदा बैतडीमा एक जनाको मुत्यु

बैतडी, ३ मंसीर । बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको मुत्यु भएको छ । त्यस्तै एकै परिवारका ९ जना बिरामी परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको मुत्यु हुनुकोे साथै ९ जना बिरामी परेका हुन् ।शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको देखीने गरेको उनको भनाई छ । शनिबार रातिदेखि नै बिरामी परेकी १५ वर्षीया पुष्पा पार्कीको सोमबार मुत्यु भएको पन्तले जानकारी दिए । बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले औषधि दिए पनि ठिक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकीमा लगेको उनले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया