दुई घटनामा परि सल्यानका दुई जनाको मुत्यु

शंकर के सी, सल्यान, ३ कार्तिक ।सल्यानका दुई जनाको दुई छुट्टाछुट्टै घटनामा परि ज्यान गएको छ । एक जनाको मोटरसाईकलको ठक्करबाट ज्यान गएको छ भने एक जनाको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङ बस्ने २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।सोमबार रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिडेका गोपाल मंगलबार विहान रुन्टीगडीकै धुम्का भीरमा मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए ।

मोटरबाटोबाट करिव २ सय मिटर तल भिरमुनी उनको शव भेटिएको हो । उनको शव मंगलबार विहान स्थानीयहरुले देखेका थिए । घटनास्थलमा होलेरी रोल्पाबाट प्रहरी हिडेको वडाध्यक्ष खड्काले जनाए । यस्त मोटरसाईकलले ठक्करबाट गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । सल्यान श्रीनगरबाट दाङ्ग तर्फ आउदै गरेको रा ४ प २४२४ नम्बरको मोटरसाईकलले सोमवार दिउँसो ठक्कर दिदाँ शारदा नगरपालिका ९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्ट गम्भिर घाईते भएका थिए । को उपचारको क्रममा मृत्यू भएको हो ।

बाटो काट्ने क्रममा उनलाई मोटरसाईकलले छत्रेश्वरी गाउपालिका ६ लान्तिबजारमा ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको नेपालगन्ज उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक जीत बहादुर पुनलाई पहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया