जनता आवास कार्यक्रम अन्र्तगत दाङमा १९२ घर बने,अझै दुई सय बढि बन्ने

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ३ मंसीर ।सरकारले जनता आवास कार्यक्रम अन्र्तगत दाङमा गत आर्थिक वर्षमा १ सय ९२ घर बनाएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लामा १ सय ९२ घरको निर्माण कार्य सम्पन्न भएको पाँच नम्वर प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण कार्यालय घोराही दाङले जनाएको छ । गत आर्थिक वर्षमा ती घरहरु निर्माण कार्य सुरु भई हालै सम्पन्न भएको र अव प्राविधिक अध्ययन पुरा गरी अन्तिम किस्ता बापतको रकम भुक्तानी गर्ने तयारीमा रहेको कार्यालयका छैठौ अधिकृत सेर बहादुर केसीले जानकारी दिएका छन् ।
सरकारले राष्टिय दलित आयोगमा सुचिकृत भएका दलित समुदाय, विपन्न मुस्लिम समुदाय र लोपोउन्मुख समुदायको सुरक्षित बसोबासका लागी आवास निर्माण गदै आएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका लक्षित बर्गहरुको घर निर्माण गरिएको छ । यता तुलसीपुर ५ नयाँबसपार्क सम्झना टोल निवासी पार्वती नेपालीले आफु धेरै बर्ष घरभाडामा बस्दै आएको बताउदै अहिले सरकारले घर बनाई दिएपछि खुसी लागेको बताएकी छिन् ।विगतमा आफु संग घर बनाउने पैसा नभएपछि बषौ समय देखी अर्काको घर भाडामा बस्नु परेको समस्या सुनाउदै उनले सरकारले घर बनाईदिएर धेरै राम्रो काम गरेको बताएकी छिन् ।

घरको आर्थिक अवस्था कमजोरी थियो, श्रीमान् पनि वित्नु भयो उनले भनिन् त्यसपछि मैले गिट्टी बालुवा र मजदुरी गदै घर खर्च चलाउदै आए । अहिले आफनै घरमा बस्नु पाएको हुदा आफु धेरै खुशी भएको उनको भनाई छ । सरकारले आफु जस्ता गरिव दुखीको घर बनाएर धेरै राम्रो काम गरेको भन्दै उनले सरकारलाई धन्यवाद समेत दिएकी छिन् । त्यस बस्तीमा चार वटा घर सरकारले बनाएको छ ।

चालु आर्थिक वर्षमा दुई सय बढि घर बन्ने
जनता आवास कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष ०७६÷०७७ मा दाङमा २ सय ६७ वटा घर निर्माण हुने भएको छ । त्यसका लागी लाभग्राही क्षेत्र छनोट प्रक्रियामा रहेको छैठौ अधिकृत केसीले जानकारी दिएका छन् । अहिले दाङमा उपनिर्वाचनको समया भईरहेकाले लाभग्राही क्षेत्र छनोट प्रक्रिया अघि बढ्न नसकेको बताउदै केसीले आगामी मंसीर १४ गते पछि उक्त प्रक्रिया अघि बढ्ने बताएका छन् । लाभग्राही क्षेत्र छनोट गरीसकेपछि सम्बन्धित स्थानिय तहमा पत्राचार गरी निवेदन माग गरिने उनको भनाई छ ।

प्रदेश सांसदको क्षेत्राधिकार
संघिय संरचना अनुसार संघिय अधिकार प्रदेशमा गएपछि जनता आबास कार्यक्रम प्रदेश सरकारले पाएको छ । सोहि अनुरुप जिल्लामा तिन निर्वाचन क्षेत्रमा छ जना प्रदेश सांसद रहेका छन् ।उनीहरुले आ.आफनो निर्वाचन क्षेत्रको जिम्मा पाएका छन् । प्रत्येक प्रदेश सभा सदस्यहरुको निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रमको संयोजक प्रदेश सांसदलाई तोक्ने गरिएको छ ।सांसदहरुको निर्णय र सल्लाह बमोजिम लाभग्राही क्षेत्र छनोट गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय घोराही दाङले जनाएको छ । सांसद संयोजक रहने भएकाले उनीहरुको निर्देशन र आदेश अनुसार काम गरिने कार्यालयले बताएको छ । निर्वाचन क्षेत्रमा सम्वन्धित प्रदेश सदस्यको क्षेत्राधिकार पर्ने भएको ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया