विप्लव समुहका कार्यकर्ता पक्राउ

तुलसीपुर,२ मंसीर । दाङ प्रहरीले विप्लव समुहका एक कार्यकर्तालाई सोमवार पक्राउ गरेको जनाएको छ । तुल्सीपुर ५ मा लुकीछिपी हिडीरहेको अबस्थामा विप्लव समुहका दलित मुक्ती मोर्चा दाङका उपाध्यक्ष २६ बर्षिय ठाकुर प्रसाद बि.कलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेर थप अनुसन्धान भईरहेको बताईएको छ । प्रहरीले गत शनिवार देखी शृङखलाबद्ध विप्लव कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । गएको शुक्रवार साँझ अत्याधुनिक हातहतियार फेला पारे संगै विप्लव समुहको खोजीकार्यलाई तिव्र बनाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । प्रहरीले यस अघि विप्लवका कार्यकर्ता शान्तीनगर र बबईबाट एक÷एक जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया