दाङ, २ मंसीर । नेपाल पत्रकार महासंघ दाङ शाखाले शाखाका संस्थापक,प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष, नयाँ युगबोध दैनिकका संस्थापक एवं बरिष्ठ पत्रकार नारायण प्रसाद शर्माकी जीवनसंगिनी रोहीणीदेवी शर्माको निधन प्रति गहिरो संमवेदना प्रकट गरेको छ । शाखाका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले सयुक्त रुपमा शोक बक्तव्य जारी गदै शोकको यस घडीमा आगामी शाखाको तर्फबाट तीन दिन सम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने उल्लेख गरेका छन् । शाखाका पुर्व अध्यक्ष तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक प्रताप रेग्मीकी ममतामयी आमा समेत रहेकी शर्माको ८५ वर्षको उमेरमा सोमवार बिहान निधन भएको थियो । शर्माको निधनले हामी अत्यन्त स्तब्ध र मर्माहत भएका छौं जारी विज्ञप्तीमा भनिएको छ। दुःखको यस घडिमा दिवंगत भएकी शर्मा प्रति हार्दिक श्रद्धान्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं विज्ञप्तीमा भनिएको छ ।