नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

दाङ, २ मंसीर । नवलपरासी पुर्वमा लागु औषद सहित दुई जना फक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला नवलपरासी गैडाकोट नगरपालिका १५ बस्ने बर्ष २७ का सुरज शर्मा र सोहि ठाउँ बस्ने बर्ष २६ का डिल्ली राम महत्तो रहेका छन् । नवलपरासी कावासोती नगरपालिका १६ तिन घरे चोक स्थित पूर्ब पश्चिम राजमार्ग अन्र्तगत बुटवलबाट नारायणघाट तर्फ आउदै गरेको ना ५ ख ७६३३ नम्बरको बसलाई गएराती चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवरपरासीले जानकारी दिएको छ । उनीहरुको साथबाट लागुऔषध डाईजोपाम २५०एम्पुल, नुफिन २५० एम्पुल र फनार्गन २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया