लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियानका बारेमा तुलसीपुरमा छलफल

मिना खड्का, तुलसीपुर, २ मंसीर । महिला हिंसा तथा बालबिवाह न्युनिकरणका लागि आईतवार तुलसिपुरमा छलफल भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखाको आयोजनामा क्रियाशिल पत्रकार तथा सन्चार माध्यमहरु संग छलफल भएको हो । लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियानको सन्दर्भ र वर्तमान समयमा बढिरहेको बालविवाह न्युुनिकरण अभियानलाईलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने सवालमा छलफल भएको हो ।
लंैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत यहि मंसीर ९ गते देखी २४ गते सम्म विभिन्न कार्यक्रम मनाउने तयारी गरिएको महलिा बालबालिका शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिएकी छिन् ।अभियानमा ओरेक नेपाल समेत सहभागिता तथा समन्वय रहने उनले जानकारी दिएकी छिन् । कार्यक्रममा ओरेक नेपालका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया