बरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

तुलसीपुर, २ मंसीर । प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका वडा नम्बर १७ बर्गदी निबासी रोहिणीदेवी शर्माको सोमवार विहान ८५ बर्षको उमेरमा घोराही १५ मा निधन भएको बताईएको छ । विरामी अबस्थामा रहेकी शर्माको उपचारका क्रममा घरमै बिहान ५ बजे निधन भएको हो ।उनको दिउँसो १२ बजे घोराहीको कटुवाखोला स्थित शंखेपिपलघाटमा अन्तिम दाहासंस्कार गरिने बताईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया