महिलामाथि डोजर चलाउने चालक जेल चलान

बैतडी, १ मंसिर

बैतडी जिल्ला अदालतले सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालकलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक किशोर बोहरालाई जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो । त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । गत कात्तिक ४ गते सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले पेलेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया