खुकुरी हान्नेले उपचार गर्न लगेपनि ज्यान बचेन

काठमान्डौ, १ मंसिर

घटना पनि अनौठो किसिमका हुने गर्छन । ज्यान बचाउन खोज्नेले कसैलेको ज्यान लिदैन । तर काठमान्डौको बसन्तपुर यस्तै भएको छ । जसले खुकुरी हानेका थिए उनैले अस्पतला उपचार गराउन पनि लगेका थिए । मादक पदार्थ सेवनगरी समान्य विषयमा बिबाद बढेपछि त्यसले हत्याको रुप लिएको थियो ।

काठमान्डौ महानगरपालिका–१९ दमाई टोल बस्दै आएका ४५ बर्षका अरुण चित्रकारलाई काठमाडौं १२, ह्युमत टोलका ४६ वर्षीय मनिषकुमार खड्गीले खुकुरी प्रहार गरेका थिए । महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी बासुदेव खतिवडाका अनुसार खड्कीले चित्रकारलाई खुकुरी प्रहार गरी घाइते बनाएपनि उपचार गर्न भने अस्पताल आफै लगेका थिए । प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोकमा खुकुरी प्रहार गरेको भनेका छन् । पक्राउ परेका खड्गीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया