सैनिक श्रीमती संघको ३६ औ बार्षिकोत्सव सम्पन्न

तुलसीपुर, १ मंसिर

सैनिक श्रीमती संघको ३६ औ बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा सेवा सुमन ३६औं अंक पुस्तकको बिमोचन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका थिए । त्यसैग कार्यक्रम उत्कृष्ट लेख रचना एवंम सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो । सैनिक व्यक्तिका परिवारहरुको शैक्षिक, सामाजिक, आर्थिक सशक्तिकरण, मानविय सेवा लगायत समग्र विकासका कार्यहरु सञ्चौलन गर्ने उद्देश्यले स्थापना गरिएको सैनिक श्रीमती संघको स्थापना गरिएको हो । कार्यक्रममा संघकी अध्यक्ष दिपा थापाले संघको आगामी कार्य योजना प्रस्तुत गरेकि थिइन ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया