अतिरिक्त शुल्क लिइ ठगी गर्ने मेडिकल कलेजलाइ कारबाही हुने : प्रम

काठमाडौ, १ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको बताउँदै ठगी गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजले विद्यार्थीबाट करोडसम्म उठाएको बताए । मेडिकल कलेज नियम कानुनभित्र बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थी माथिको ठगी सैहृय नहुने बताउनुभयो ।

मेडिकल कलेज सञ्चालकले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । यस्तै प्रधानमन्त्री ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताए । सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सरकार सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले संसार सामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया