तुलसीपुर, १ मंसीर । स्थानिय तहमा रिक्त रहेका पदका उम्मेदवारहरुलाई आईतवार चुनाव चिन्ह प्रदान गरिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार गत बुधवार मनोनयन पत्र दताए गराएका उम्मेदवारहरुको दावी विरोध, जाँचबुझ र उम्मेदवारी फिर्ता जस्ता प्रक्रिया पुरा गरी उम्मेदवारहरुलाई आईतवार चुनाव चिन्ह प्रदान गरिएको हो । यता दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुदैछ । वडा अध्यक्ष पदका लागी पाँच राजनितिक दल र दुई जना स्वतन्त्र गरी सात जना उम्मेदवार रहेका छन् ।
जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई सुर्य, नेपाली काँग्रेसका उम्मेदवार ताराबहादुर डिसीलाई रुख, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसीलाई गाई, समाजबादी पार्टीका बिमला पुनलाई पाँच औला भएको हात, मंगोल नेशनल अर्गनाईजेशनका पहलमान आले मगरलाई कुखुराको भाले, स्वतन्त्र उम्मेदवार जगलाल चौधरीलाई हात मिलाएको र समीर वलीलाई चिल चुनाब चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले जानकारी दिएको दिएको छ । उम्मेदवारहरुले चुनाव चिन्ह प्राप्त गरे संगै चुनावी प्रचारलाई औपचारिक रुपमै अघि बढाएका छन् । वडा अध्यक्ष लक्षिन प्रसाद बुढाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्बाचनका लागि २ मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण भएको छ ।वडामा चार हजार ४ सय ५३ मतदाता रहेको बताईएको छ ।