जनताले आफनै पैसाले बनाए सामुदायिक भवन

तुलसीपुर, १ मंसिर
तुलसीपुरका स्थानीयबासीले आफनै पैसाले सामुदायिक भवन निर्माण गरेका छन् । ९ लाख ८० हजार लागतमा उनिहरुले सम्झना टोलविकास संस्थाको तीन कोठे पक्की भवन निर्माण गरेका हुन् । टोल विकास संस्थामा मासिक रुपमा बचत गरेको पैसा र त्यसको ब्याजबाट जम्मा भएको पैसाले उक्त भवन निर्माण गरेको संस्थाका सचिव पवित्रा गिरीले जानकारी दिनुभयो ।
सचिव गिरीका अनुसार स्थानीयले ८० हजार बराबरको जनश्रमदान गरेका थिए । टोलमा एक सय ५४ जना आबद्ध छन् । २०६८ सालदेखि ५० रुपैयाँ मासिक रुपमा बचत गर्न सुरु गरेका स्थानीयले अहिले दुई सय रुपैयाँ बचत गर्न थालेका छन् ।
यसैबिच नबनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भवनको उद्घाटन तुलसीपुर उपमहागनरपालिका–५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष हरीबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे, तुलसीपुर उपमहागनरपालिका–६ का वडा सदस्य यमुना परियार, पाँच का वडासदस्य सुरेश श्रेष्ठ, समाजसेवी प्रेम योगी, नामी नगर टोल विकास संस्थाका अध्यक्ष नारायण शर्मा, बसपार्क प्रहरी बिटका इन्चार्जं जरासिङ अधिकारी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष भिमराज अधिकारीले गर्नुभएको थियो ।

 

,

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया