बाँकेमा पाँच औले सहित तिन जना पक्राउ

दाङ, १ मंसीर । बाँकेबाट प्रतिबन्धित जडिबुटि पाँचऔँले सहित तिन जना पक्राउ परेका छन् । ५ नम्वर प्रदेश ब्युरो प्रहरी टोलीले कोहलपुर ११ लोकनगरटोलबाट पाँच किलो पाँच औँले सहित तिन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्युरोका ईन्चार्ज प्रमोद क्षेत्रीका अनुसार पक्राउ पर्नेहरुमा कालिकोटका अग्र बम, जुम्लाका यमराज अधिकारी र बाँकेका विर बहादुर शाही रहेका छन् । पहाडी जिल्लाबाट संकलन गरेर बाँकेमा विक्रि गर्नका लागी ल्याईएको हुन सक्ने बताईएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको बताईएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया