चितवनमा हात्तीको आक्रमणबाट बाबुछोराको मुत्यु

दाङ, ३० कात्तिक । चितवनमा जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ ।लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट मुत्यु भएको हो ।इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्टनजिकै हात्तीले आक्रमण गर्दा मुत्यु भएको जानकारी दिए ।
प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बोलेरोलाई सोही स्थानमा आक्रमणको प्रयास गरेको थियो । यद्यपि, दुवै सवारी आक्रमणबाट जोगिएको बताईएको छ ।हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएपछि वरपर त्रास फैलिएको छ । एक महिनाअघि माडी नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय पञ्चमाया तामाङको मृत्यु भएको थियो ।।

प्रकाशित मिति : २०७६ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया