भ्रमका पछि नलागौं : सांसद केसी

तुलसीपुर,३० कार्तिक ।
संघिय सांसद हिराचन्द्र केसीले जनताको जिवन स्तर वदलिने गरि सरकारले काम गरिरहेको बताएका छन । उनले सुखि नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने गरि सरकारले काम गरिरहेको बताएका छन । तुलसीपुर ११ जस्पुरमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । जनता सामु विभिन्न भ्रम छरेर निरासाजनक हल्ला फैलाएको जनता पनि सचेत हुनुपर्ने बताएका थिए । नेपाली जनताले कम्युनिष्ठ पार्टि रुचाएर समृद्ध नेपालको परीकल्पना गरेको हुदा सरकारले पुरा गर्ने तबाएका थिए ।

देश विकासमा युवाहरुको महत्वपुर्ण भुमिका भएको हुदा सक्षम युवा भई सरकारको सपना पुरा गर्न तर्फ केन्द्रीत हुनुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको सांसद केसीले पश्चिम दाङले विकास चाहेको हुदा नेकपाको विकल्प नभएको बताएका थिए । पश्चिम क्षेत्रको विकास नेकपा बाटै सम्भव रहेको उनले बताएका थिए ।

युवा संघका अमर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरकि उपप्रमुख माया आचार्य,वडा नम्बर १२ का वडाध्यक्ष श्याम डाँगी लगायतले बोलेका थिए । यसैविच सोहि कार्यक्रममा स्थानिय युवा राजन सेन ठकुरीको नेतृत्वमा गएको एक सय बढि युवाहरुको समुहले सांसद केसीलाई भेटि ज्ञापन पत्र बुझाएको छ । टोलीले युवाहरुलाई रोजगारका कार्यक्रम, खेलकुद सामग्रिको ब्यवस्थापन,विभिन्न स्थानमा तारजाली, लगायतका मागहरु राखेका थिए ।

जवाफमा सांसद केसीले युवाहरुको लागि आफु सधै तयार रहेको बताएका थिए । यस्तै, नेकपा निकट अनेमसघं ११ नम्बर वडा कमिटिको भेला पनि आजै सम्पन्न भएको छ । जस्पुरमा भएको भेलाले निर्वाचन परीचालन कमिटि गठन गरेको छ । जसका लागि अनिता चौधरीको संयोजकत्वमा २९ सदस्यीय कमिटि गठन गरिएको हो । यस्तै मंसीर ७ गते भित्र वडाका टोल टोलमा कमिटि विस्तार तथा भेला गर्ने निर्णय गरेको छ ।

अनेमसंघिकी अगुवा नेतृ रेवति खत्रिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका उपप्रमुखको माया आचार्यको प्रमुख आतिथ्यमा भएको हो । नेकपा नगर कमिटि सचिवालय सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजिकरण सावित्रा ढकाल र धन्यवाद ज्ञापन गायत्रि डागीले दिएकि थिईन ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया