उम्मेदवारको अन्तिम नामावली प्रकाशन,उम्मेदवारी फिर्ता कसैको भएन

तुलसीपुर ३० कात्तिक । स्थानिय तहमा रिक्त रहेका पदका लागी उम्मेदवारहरुको शनिवार अन्तिम नामावली प्रकाशन भएको छ । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी निर्वाचन आयोगको कार्यातालिका अनुसार गत बुधवार मनोनयन पत्र दर्ता भएको थियो ।
मनोनयन दर्ता गराएका उम्मेदवारहरुको दावी विरोध, जाँचबुझ प्रक्रिया सकिएको छ । शनिवार विहान ११ बजेदेखी १ वजेसम्म उम्मेदवारी फिर्ता लिन चाहानेका लागी समय तोकीएको थियो । यता दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्षका लागी मनोनयन दताए गराएका सात जनाको अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाकारी दिएको छ ।

उम्मेदवारी फिर्ता लिने समय अवधीमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको कार्यालयले जनाएको छ । घोराही १६ मा वडा अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट सुरेश बहादुर केसी, नेपाली कांग्रेसबाट ताराबहादुर डिसी, राप्रपाबाट प्रकाश केसी, समाजबादी पार्टीबाट बिमला पुन, नेशनल मंगोल अरेगनाईजेशनबाट पहलमान आलेमगर , स्वतन्त्रबाट जगलाल चौधरी र समीर वलीले उम्मेदवारी दिएका थिए । उनीहरुलाई आईतवार चुनाव चिन्ह प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया