विप्लव समूहका एक कार्यकर्ता पक्राउ

तुलसीपुर, ३० कात्तिक । प्रहरीले विप्लव नेतृत्व नेकपा समूहका एकजना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर १ निवासी विप्लव समुहको सेक्सन अध्यक्ष ३० वर्षिय प्रकाश बुढा मगर पक्राउ परेका छन् । शुक्रबार बेलुका ६ बजेतिर स्थानिय स्तरमा एक्लै हिडिरहेको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिएका छन् । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भईरहेको उनले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ३० गते शनिवार
प्रतिक्रिया