सल्यानमा मानब बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ

दाङ, २९ कात्तिक । मानब बेचविखन तथा ओसार पसार मुद्दामा एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट जिल्लाको साविक भुर गाविस वडा नम्वर ६ हाल भेरी नगरपालिका ९ बानिया टोल बस्ने प्रताप खड्काका छोरा १९ बर्षिय दिनेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार पिडित पक्षले दिएको जाहेरीको आधारमा उनलाई गत कात्तिक २२ गते उनकै घरबाट पक्राउ गरीएको हो । उनी माथी नाबालक छोरा परीबर्तित संकेत नाम (१३)सहित परीबर्तित संकेत नाम (१२)लाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा लगेर बेचविखन गरेको आरोप लागेको छ ।
पक्राउ परेका खड्कालाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरी घटनाको विषयमा थप अनुसन्न्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया