चरेस सहित रुकुममा एकजना पक्राउ

तुलसीपुर,२९ कार्तिक

पश्चिम रुकुमबाट प्रहरीले एक किलो सात सय ग्राम चरेस सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका –१३ घेत्मा निबासी धनसिंह पुन मगर रहेको त्यहाँका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकरी दिए ।

त्यस क्षेत्रमा अबैध लागु औषध चरेसको विक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा गएको प्रहरी टोलीले आरोपीको घर खानतलासी गर्दा उक्त परिमाणको चरेस फेला परेपछि पक्राउ गरेको प्रनाउ खड्काले जानकारी दिए ।
पक्राउ परेका व्यक्तीका बिरुद्ध अबैध लागु औष ओसारपसार तथा विक्रीवितरण सम्बन्धी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया