स्वर्गद्धारी जान लागेको बालेरो प्युठानमा दुर्घटना हुदा तिन जनाको मुत्यु

तुलसीपुर, २९ कात्तिक ।प्युठानको स्वर्गद्धारी जादै गरेको बालेरो जिप दुर्घटना हुदा तिन जनाको मुत्यु भएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नम्वर ,४ मनखोला भिरमा विहिवार विहान दुर्घटना हुदा एक जनाको घटना स्थलमै मत्यु भएको छ भने दुई जनाको उपचारको क्रममामा निधिन भएको प्रहरीले बताएको छ । भिग्रींबाट पानी बोकेर स्वर्गद्धारी तर्फ जादै गरेको ग १ च ५२४९ नम्वरको बोलेरो जिप दुर्घटना हुदा सोहि नगरपालिका वडा नम्वर २ निवासी ४० वर्षिय नजरी सुनार , सोहि ठाउँका २५ वर्षिया बिना विक र उनका सात बर्षिय छोरा आनन्द विकको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटनामा परि जिप चालक जिल्लाको माण्डपी गाउँपालिका ५ बस्ने २३ वर्षिय बसन्त कुमाल घाईते भएको र उनको भैरहवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया