सुर्खेतका पत्रकार डीलप्रसाद शर्माको उपचारका क्रममा मृत्यु

सुर्खेत , २८ कात्तिक । नेपाल पत्रकार महसंघ सुर्खेत शाखाका सदस्य डीलप्रसाद शर्माको उपचारको क्रममा विहिवार निधन भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो । बोनम्यारोको समस्याका कारण चार महिनादेखि शर्माको उपचार भइरहेको थियो । बोनम्यारोमा समस्या देखिएपछि चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा आज निधन भएको हो । ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय ‘साझा विसौनी’ दैनिक र ‘देश सञ्चार’ अनलाईनमा कार्यरत थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको भन्दै नेपाल पत्रकार महासङ्घले स्वर्गीय शर्माप्रति श्रद्घाञ्जली अर्पण गरेको छ । महासंघका महासचिव रमेश विष्टले विहिवार जारी गरेको शोक वक्तव्यमा मृतआत्माको चिरशान्तिको कामना गर्नुका साथै दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया