तुलसीपुरमा म्याद तामेली सम्वन्धि तालिम

तुलसीपुर,२८ कात्तिक । तुलसीपुर उपमहानगरपालिकामा म्याद तामेलदारहरुलाई विहिवार तुलसीपुरमा म्याद तामेलीको वारेमा प्रशिक्षण दिइएको छ । उपमहानगरपालिकाले सूचिकृत गरेका तामेलदारहरुलाई उक्त तालिम दिइएको हो । न्यायिक समितिमा मुद्दा परेपछि त्यसको म्याद तामेली कसरी गर्ने भन्ने वारेमा प्रशिक्षण दिइएको थियो । कानुनी मामिला तथा न्यायीक समितिको आयोजनामा भएको कार्यक्रममा उपमहानगरपालिकाका १९ वटै वडाका म्याद तामेलदारहरुको सहभागिता रहेको थियो तालिमको उद्घाटन गर्दै उपप्रमुख माया शर्माले जनतालाई सहज ढँगले न्याय सम्पादन गर्नमा सर्बले ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।

न्यायिक समितिमा परेका मुद्दाहरु पहिलेको तुलनामा छिटै किनारा लाग्दै गएको वताउँदै जनशक्ति र साधन स्रोतका हिसावले व्यवस्थित वनाउँदै लगेको कुरा वताइन् । कार्यक्रममा वोल्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले न्याय सम्पादनका लागि तामेलदारको भुमिका अहम् हुने कुरामा जोड दिए । उनले न्यायपालिकाको काम सहज ढँगले सम्पन्न गर्नका लागि सर्वसाधारणको भुमिका अहम् हुने कुरामा जोड दिए । कार्यक्रममा शाखा अधिकृत भिमवहादुर खत्रीले म्याद तामेलीका वारेमा जानकारी गराएका थिए । न्यायिक तथा कानुनी मामिला शाखा अधिकृत रामकुमारी मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शाखा अधिकृत टोपवहादुर डाँगी, उपप्रमुखको स्वकीय सचिव सुशिला शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया