सल्यानमा जिप दुर्घटना हुदा दुई जनाको मुत्यु,आठ घाईते

तुलसीपुर, २८ कात्तिक । सल्यानमा  जिप दुर्घटना हुदा दुई जनाको मुत्यु भएको छ भने आठ जना घाईते भएको प्रहरीले जनाएको छ । जिल्लाको फलावाङ देखी दाङ तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ४३0 नम्वरको जिप जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ४ बडाखोलामा विहिवार विहान सवा दश वजे दुर्घटना हुदा दुई जनाको घटना स्थलमै मुत्यु भएको प्रहरीले बताएको छ । मुत्यु हुनेमा सोहि गाउँपालिका वडा नम्वर ४ फलावाङ बस्ने ५९ वर्षिया योगी थापा र सोहि ठाउँ बस्ने ५४ वर्षिया कृष्णदेवी परियार रहेको प्रहरीले बताएको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा जिप चालक फलावाङ बस्ने २८ वर्षिय सन्देश परियार, सोहि ठाउँ बस्ने २३ वर्षिया रिता रावत, ५ वर्षिया ज्योती रावत, ४ वर्षिया मोति रावत, ३२ वर्षिया सावित्रा खत्री, १६ वर्षिया तारा थापा, दाङ तुलसीपुर १ भमके बस्ने २१ वर्षिया राधा बोहोरा र तुलसीपुर ५ बस्ने २८ वर्षिया डिला बुढा रहेका छन् ।

घाइते मध्ये राधा बोहोरालाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ भने अर्का रिता रावतलाई पनि रिफर गर्ने तयारी भईरहेको प्रहरीले बताएको छ । बाँकी घाईतेहरुको स्थानिय मेडिकल र दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको बताईएको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया