तीन कक्षामा पढ्ने छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

तुलसीपुर, २७ कार्तिक

कक्षा तीनमा पढ्ने छात्रालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका– ५ स्थित बह्राज्ेति आधारभूत निम्नमाध्यामिक विद्यालयका शिक्षक कुम्मसिंह विक रहेको प्रहरीले बताएको छ । कक्षा तीनमा अध्यनरत १२ बर्षीया बालिकालाई शिक्षक विकले आर्थिक प्रलोभन देखाएर विगत २ बर्ष जबरजस्तीकरणी गर्दै आएको प्रहरीेले जानकारी दिएको छ । पक्राउ परेका विकलाई जवरजस्ती करणी सम्बन्धी मुद्दा चलाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया