भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको प्रदर्शन

महेश्वर गौतम

काठमाडौं,२७ कार्तिक/  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार ,बाइपास ,माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।

नेविसंघ निबर्तमान केन्द्रिय सदस्य सुसिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेबिसंघका नेताहरू निरन्जन थापा,इस्बर अधिकारी ,पबन थापा,सन्तोष गुरुङ ,सुबास घिमिरे ,स्बइच्छा उप्रेती ,ठाकुर प्रसाद नेपाल , लक्ष्मी सिलबाल, किरण भट्टराई, जिबन राना, प्रबिन गुरुङ, बिसाल देबकोटा, सन्तोष दाहल, सौरब घिमिरे , प्रदीप जग साह, सुस्मिता गुरुङ, सुसिल ढकाल, भिम अधिकारीलगायत विद्यार्थी, स्थानीय बासिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया