स्थानिय तहमा मनोनयन दर्ता आज

दाङ, २७ कात्तिक । आगामी मंसीर १४ गते हुने स्थानिय तहमा रिक्त रहेको पदको उपनिर्वाचनका लागी आज मनोनयन पत्र दर्ता हुदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज विहान १० बजेदेखी दिउँसो १ वजे सम्म मनोनयन पत्र दर्ता गर्न सकीनेछ । त्यसपछि साढे १ वजेदेखी तिन बजे सम्म मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । यता दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा वडा अध्यक्ष पदका लागी उपनिर्वाचन हुन लागेको छ । उक्त पदका लागी उम्मेदवारहरुले आज मनोनयन पत्र दर्ता गदैछन् । वडा अध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएपछि अहिले उक्त पद रिक्त रहेको छ । वडा अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टी नेकपा,नेपाली काग्रेस लगाएतले मनोनयन दर्ता गराउने तयारी गरेका छन् । नेकपाको तर्फ सुरेस बहादुर केसीलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ भने नेपाली काग्रेसले तारा बहादुर डिसीलाई उम्मेदवार बनाउने निर्णय गरीसकेको छ । यस अघि  २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागी मनोनयन दर्ता भईसकेको छ । निर्वाचन आयोगले सवै प्रक्रिया पुरा गरी उम्मेदवारलाई गत सोमवार चुनाव चिन्ह समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया