बाँसगढीमा संचालित महायज्ञमा ३१ लाख संकलन 

दाङ, २६ कार्तिक

तुलसीपुर उपमहानगरपालिका १९ बाँसगढीस्थित कालिकामालिका भगवती देविस्थान मन्दिरमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको खर्च विवरण सार्वजनिक भएको छ । गत असोज २९ देखि कार्तिक ७ गतेसम्म सञ्चालित महायज्ञबाट ३१ लाख ४७ हजार ६ सय ५५ रुपया“ आम्दानी भएकोमा बिभिन्न खर्च कटाएर १८ लाख ४७ हजार ७ सय ४७ रुपया“ बचत भएको आर्थिक संयोजक नविन पोख्रेलले बताउनुभयो ।

महायज्ञमा दान गर्ने घोषणा गरेकामध्ये अझै १ लाख ४२ हजार ४ सय २५ रुपया“ उठ्न बा“की रहेको उहा“ले बताउनुभयो । मन्दिरको स्तरोन्नती र बृहत धर्मशाला निर्माण गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको पोख्रेलले जानकारी दिनुभयो । उक्त काम गर्न अझै रकम अभाव रहेको र अन्य स्रोतको खोजी भैरहेको उहा“ले बताउनुभयो ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया