निर्वाचन आचारसंहिता उल्लङघन गरे उम्मेदवारी बखास्त देखी एक लाख सम्म जरिवाना

तुलसीपुर २६ कात्तिक । दाङ सहित देशका विभिन्न स्थानमा रिक्त रहेका पदहरुमा आगामी मंसीर १४ गते उपनिर्वाचन हुदैछ । निर्वाचन आयोगद्धारा प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका उम्मेदवारहरुलाई सोमवार चुनाव चिन्ह समेत प्रदान गरिएको छ ।
चुनाव चिन्ह प्राप्त गरे संगै उम्मेदवारहरुले आफनो चुनावी प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख मा हुने निर्वाचनका लागी उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन् । पाँच नम्वर प्रदेश सभा सदस्य पदको निर्वाचनमा १२ राजनितिक दल र दुई जना स्वतन्त्र गरी १४ जना सहभागि हुदैछन् ।उनीहरुले आ.आफनो पक्षमा भोट माग्नका लागी मतदाताहरुको भेटघाटलाई तिव्र पारेका छन् ।
तर कतिपय उम्मेदवारहरुले निर्वाचन आचारसंहितालाई व्यवास्था गदै चुनावी प्रचारप्रसार गरेको समेत पाईन्छ ।निर्वाचन आयोगले उम्मेदवारकै सहमतिमा निर्वाचन आचार संहिता जारी गरेको हुन्छ । यद्यपी कतिपय उम्मेदवार र दलहरुले आचारसंहिता विपरित चुनावी गतिविधि गरीरहेको जानकारहरु बताउँछन् ।
उम्मेदवारले प्रचारप्रसारमा गर्न नहुने कुराहरु
१. विहान ८ बजे भन्दा अगाडी र राती १० बजेपछि प्रचारप्रसार गर्न ।
२.चुनावी आम सभा बाहेक अन्य घरदैलो अभियान कार्यक्रममा माईक प्रयोग गर्न ।
३.प्रचारप्रसारमा दुई वटा गाडी र चार वटा मोटरसाईकल बाहेक धेरै संख्यामा सवारी साधन प्रयोग गर्न ।
चुनावी प्रचार गाडीमा ३ देखी ५ फिट भन्दा बढिको व्यानर राख्न ।
४.चुनावी प्रचार सामाग्री अन्र्तगत तिन फिट भन्दा बढिको ब्यानर बनाउन
५.कुनै पनि उम्मेदवारले अन्य उम्मेदवारलाई असर पर्ने गरी आरोप लगाउन अथवा गाली गर्न
६. कुनै पनि उम्मेदवारले व्यक्तिगत रुपमा कसैको चरित्र हत्या गर्न ।
७.कुनै पनि उम्मेदवारले आफनो संकेत वा पहिचान हुने किसीमका सामग्री जस्तै, टिर्सट,टोपी आदी लगाउन ।
८.कुनै पनि उम्मेदवारले मतदातालाई आर्थिक प्रलोभन, डर,धम्की जस्ता गलत गतिविधि गर्न ।
आचारसंहिता विपरित गरेमा के सजाय हुन्छ ?
निर्वाचन आयोगले निर्वाचनको समयमा कुनै पनि उम्मेदवार वा दलले निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको पाईएमा सुरक्षाकर्मीको सहयोगमा त्यस्तो कार्य गर्न रोक लगाउनेछ । आचारसंहिता उल्लङघन गर्नेलाई एक लाख सम्मको जरिवाना समेत भराउने कानुनी प्रावधान रहेको छ । यस्तै त्यो भन्दा पनि बढि आचारसंहिता उल्लङघन गरेको पाईएमा उम्मेदवारी नै बर्खास्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया