जितमानको परिवारलाई आर्थिक सहयोग जुट्दै

तुलसीपुर, २६ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ पैयाखोरे निवासी ६७ बर्षिय जितमान विकको परिवारलाई आर्थिक सहयोग जुट्ने क्रम जारी छ । गत भदौ महिनामा लडेर खुट्टा भाँचिएर थलिएका जितमानको उपचारमा आथिर्क अभावका कारण समस्या भएपछि समाचार विभिन्न सन्चार माध्यम र युट्युब च्यानल मार्फत भिडियो प्रशारण तथा समाचार प्रकाशन भएको थियो ।
गरिव र असहाय भएकाले उनको उपचारका लागी भन्दै अहिले सहयोगी मन भएका विभिन्न व्यक्तित्व तथा संस्थाहरुले सहयोग गरेका छन् ।
काठमाडौमा रहेको सप्तरङगी संसार युट्युव च्यानलको टिमले यहि कात्तिक २० गते बुधवार जितमानकै घरमा पुगेर एक लाख आठ हजार रुपैया सहयोग प्रदान गरेको छ ।

स्वदेश तथा विदेशका विभिन्न व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त भएको उक्त रकम हस्तान्तरण गरिएको हो ।यस्तै स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले पनि नगद २० हजार रुपैया र खाद्यन्न तथा लत्ताकपडा २० हजार बराबर गरी ४० हजार रुपैया सहयोग गरेको छ । उनको बायाँ खुट्टाको अप्रेशन भएको छ । उनका एक श्रीमती र तिन बालबालिका रहेका छन् । बालबालिका साना र आफु बुढो भएकाले आन्दानीको श्रोत केहि नभएको भन्दै अझै खुट्टा निको नभएकाले उपचारमा समस्या हुने भन्दै सक्दो आर्थिक सहयोग गरिदिन जितमानले सवैमा अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया