दाङमा हुने उपनिर्वाचनका १४ जना उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

तुलसीपुर, २६ कात्तिक ।आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।गत विहिवार मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई सोमवार चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख अन्र्तगत पाँच नम्वर प्रदेश सभा सदस्य पदका लागी १२ राजनितिक दल र दुई स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारको दावी विरोध, जाँचबुझ ,उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जस्ता निर्वाचन प्रक्रिया पुरा गरी उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन ।

मुख्य निर्वाचन अधिकृत थापाका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की बिमला कुमारी खत्रीलाई सुर्य, नेपाली कांग्रेसका केशवराज शर्मालाई रुख,राप्रपाका भुपाल रावतलाई गाई, समाजवादी पार्टीका डिल्ली बहादुर डाँगीलाई हात, नेपाली काग्रेस विपिका दिपक कुमार धिताललाई करुवा, राष्टिय प्रजातन्त्र पार्टी सयुक्तका छोटीलाल थारुलाई हलो, साझा पार्टीका शिव कुमार चौधरीलाई तराजु, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्रीलाई नमस्कार गरेको हात,राष्टिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मालाई घर ,नेपाल कम्युनिष्ट पार्टी मालेका हरि प्रसाद डाँगीलाई हसिया भित्रको तारा, नेपाल मजदुर किसान पार्टीका सुरेस परियारलाई मादल ,मङगोल नेश्नलका घनश्याम चौधरीलाई भाले, स्वतन्त्रको तर्फबाट टिकाराम आचार्यलाई ड्रम र गोविन्द केसीलाई जिप चुनाव चिन्ह प्रदान गरिएको हो । अव उनीहरुलाई चुनावी प्रचारप्रसार गर्न बाटो खुला भएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया