तुलसीपुर प्रहरीले गोली हानेर लेटरालाई नियन्त्रणमा लियो

तुलसीपुर, २५ कार्तिक

प्रहरीले गोली प्रहार गरेर तुलसीपुरमा लुटेराको समूहलाई पक्राउ गरेको छ । बल्याकमेलीङ गरेरका लुटेराको समूहलाई पाँच लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर –३ खमारीको जंगलमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई नियन्त्रणमा लिएको हो । घटनमा संलग्न अन्य फरार भएको स्थानीयले जानकारी दिएका छन् । घटना आज बिहानको हो । गत शनिबार केटी लगेर घुम्न गएका एक व्यक्तिलाई नाङ्गैर गराएर भिडियो रेकर्ड गरेका सो समूहले पैसा नदिए सार्वजनिक गरिदिने बताए पछि ती व्यक्ति आज बिहान पाँच लाख रुपैयाँ लगेर बुझाउन गएका थिए । सो ही कक्रममा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

ती व्यक्ति पाँच लाख रुपैयाँ दिने सर्तमा लुटेराको समूहबाट छुटेका थिए । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको पूर्ण बिबरण केहि छिनमा दिने बताएकाे छ ।  ‘ घटना भएकै हो तर आधा घन्टापछि सबै जानकारी तपाईहरुलाई दिन्छौ तयारी हुदै छ ’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक हरिहर नाथ योगीले भने ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया