जन्मदिनमा अभियानले गरे असहायलाई सहयोग

 

बिष्णुकुमार देवकोटा

दाङ २४ कार्तिक/ नारायणपुरका युवा व्यवसायी अभियान बस्नेतले आफ्नो जन्म दिनको अबसरमा असहायलाई सहयोग गरेका छन् । कतिपयले आफनो जन्मदिन होटेल तथा पार्टी प्यालेसमा मनाएर फजुल खर्च गरिरहको तष्विरहरु समाजिक संचालमा सार्वजनिक भइरहदा बस्नेले स्पाईनल कर्ड इन्ज्युरी बाट पिडित घोराही निबासी अपाङ्ग महाबिर रोकालाई घरमै गएर न्यानो ब्ल्याङ्केट (ओढ्ने), सिरानी सहित नगद दिएर सहयोग गरेका हुन् । जन्म दिन लाई फजुल खर्चगरी मनाउने युवा पुस्तामाझ सकारात्मक संदेश दिने उद्देश्यले असहाय व्यक्तिलाई आफुले सानो सहयोग गरेको बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया