सेनानी शाहीलाई प्रहरीमा बुझाइयो

तुलसीपुर, २४ कार्तिक

नेपाली सेनाले सेनानी (मेजर) राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरीमा बुझाएको छ । सेनानी शाहीलाई अनुसन्धानको लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जले उपस्थित गराइ दिनको लागि पत्राचार गरेपछि सेनाले प्रहरीलाई बुझाएको हो । गएको कार्तिक १५ गते काठमान्न्डौको टोखा नगरपालिका–१० सामाखुशीमा जुवाको खालबाट प्रहरीले पक्राउ गरेर मेजर शाहीलाई सैनिक प्रहरी गण जंगी अड्डामा बुझाएको थियो । गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति अनुसार  गैर कानूनी कार्यमा संलग्न भएकाले अनुसन्धानमा सहयोग पु¥याउन प्रहरीलाई बुझाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया