अन्ततः उपनिर्वाचनमा १४ जना भिड्ने पक्का

दाङ, २४ कात्तिक । दाङको निर्वाचन क्षेत्र ३ (ख)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गत बिहीबार मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारले मनोनयन पत्र फिर्ता लिएका छैैनन् । निर्वाचन आयोगको समय तालिका अनुसार आफनो उम्मेदवारी फिर्ता लिन चाहानेहरुका लागी आईतवार समय दिईएको थियो । तर कसैले पनि आफनो उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र ३ (ख) अन्तर्गत प्रदेशसभा सदस्य पदका लागि १२ राजनीतिक दल र २ जना स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका थिए । कसैले पनि उम्मेदवारी फिर्ता नलिए पछि १४ जना उम्मेदवारको नाम कायम गरिएको मुख्य निर्वाचन अधिकृत रितन्द्र थापाले जानकारी दिएका छन ।अव सोमवार उनीहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया