समृद्ध नेपालकालागि सहकारी आवश्यक : गौतम

मदन बस्नेत 

तुलसीपुर, २३ कार्तिकनेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रेवन्त  गौतमले सहकारीको अवधारणा विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड दाङको घोराहीमा भएको १८ औं बार्षिक साधारण सभामा बोल्दै महासचिव गौतमले यस्तो बताएका हुन् ।

निजामती कर्मचारीले सहकारी मार्फत राज्यलाई आर्थिक दृष्टिकोणले अप्रत्यक्ष रुपमा सहयोग पु¥याईरहेको भन्दै महासचिव गौतमले देशभरका सहकारीमा भएका पुँजिलाई एकीकृत गरेर हाइड्रो पावरमा लगानी लगाउने तयारीमा रहेको बताए । संस्थाका अध्यक्ष गणेश दहालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुरेश कुमार शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बाबुराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाल निजामती कर्मचारी संगठनका दधीराम मरासिनी, शिला मल्ल, पेशागत महासंघ दाङका अरुणकुमार शर्मा, संगठनका जिल्ला अध्यक्ष खिमबहादुर डाँगी र संगठनका गुल्मी जिल्ला अध्यक्ष रामप्रसाद पन्थीले लगाएतले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया