मूल प्रभावहमा ल्याउन सशक्तिकरण आवश्यक : दलित अगुवा

 

तुलसीपुर, २३ कार्तिक

आर्थिक रुपले शसक्तिकरण नहुँदासम्म दलित समूदायलाई राज्यको मूल प्रभावहमा ल्याउन नसकिने दलित अगुवाले बताएका छन् ।
तुलसीपुरमा भएको दलित सेवा संघ जिल्ला शाखा दाङको २४औं बार्षिक साधारणसभामा बोल्दै उनिहरुले गरिब , विपन्न, भूमिहिन तथा सुकुमबासी दलित समुदाय लक्षित कार्यक्रम संचाल गर्नु पर्ने बताए । समाजमा अहिले पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै कानुनलाई ब्यहारमा लागु गर्न कार्यान्वयनमा जानुपर्ने बताए ।
दलित सेवा संघका उपाध्यक्ष लिला विश्वकर्माको अध्यक्षता एवं तुलसीपुर उपमहागनरपालिका कार्यापालिका सदस्य अमर नेपाली –माईकल)को प्रमुख आथ्यिमा कार्यक्रम भएको थियो । सो अवसरमा कोषाध्यक्ष किरण विश्वकर्माले आर्थिक र सांगठनीक प्रतिवेदन सन्तोष चनाराले  प्रस्तुत  गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्यान संघका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, दलित सेवा संघका केन्द्रीय सह–अध्यक्ष भूमि विश्वकर्मा, दलित सेवा संघ दाङका बरिष्ठ सदस्य निमबहादुर विक, युवा व्यवसायी उमलाल विश्वकर्मा लगाएतले बोलेका थिए ।
संघका सचिव रामबहादुर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत छवि परियारले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया