पाईप की पुल ? पाँच लाखको कल्भर्ट प्रयोगमा आएन

तुलसीपुर, २३ कात्तिक । तुलसीपुर ५ रानीजरुवामा रहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानी पाईपलाई पैदल यात्रीले पुलको रुपमा प्रयोग गदै आएका छन् । राप्ती अन्चल अस्पताल तुलसीपुर देखी उत्तर दक्षिणतर्फ रहेको गोरेटो बाटो हुदै रानीजरुवा पातुखोला जान दैनिक आवतजावत गर्ने नागरिकले खानेपानीको जिआई पाईपलाई पुलको रुपमा प्रयोग गदै आएका छन् ।
रानीजरुवामा गौरीगाउले कुलो भएकाले नागरिकलाई आवतजावत गर्न समस्या भएको भन्दै पाँच लाख रुपैया खर्च गरेर सोहि ठाउँमा कल्भर्ट निर्माण गरिएको छ । गत आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको थियो ।
हिउँदमा भन्दा वर्षातको समयमा कुलोमा वाढि आउने भएकाले कुलो पार गर्न समस्या हुने गरेको छ । बाटोको विचमा कुलो पर्ने भएको हुदा दैनिक आवतजावत गर्ने नागरिकलाई समस्या हुदै आएको स्थानियको भनाई छ । समस्यालाई मध्येनजर गदै रानीजरुवामा छ मिटर लम्वाई, अढाई मिटर उचाई, एक मिटर गहिराई भएको कल्भर्ट निर्माण गरिएको छ । गत पौष २३ गते निर्माण कार्य सुरु भई गत वर्ष माघ १७ गते कल्र्भट निर्माण कार्य सम्पन्न भएको हो । तर कल्र्भट निर्माण गरिएको एक वर्ष वित्नै लाग्दा समेत अहिले सम्म उक्त कल्र्भट प्रयोगमा आउन सकेको छैन ।
जसले गर्दा सहज भन्दा अहिले झनै असहज भएको स्थानियको भनाई छ । कल्भर्ट नहुदा बर्षातको समयमा समस्या भएपनि हिउँदको समयमा सहज हुने गरेको थियो । तर आवतजावत गर्न नमिल्ने गरी कल्भर्ट निर्माण भएपछि नागरिकहरु खानेपानीको पाईपलाई पुलको रुपमा प्रयोग गर्न बाध्य भएका छन् । कल्भर्टको वरपर खानेपानी संस्थाले तारजाली गरेका कारण पाईप माथी चढेर हिड्न बाध्य भएको बताईएको छ । पाईप मुनिबाट हिड्न झनै समस्या हुनेभएकाले उनीहरु पाईप माथीबाट जोमिख यात्रा गदै आएका छन् ।
विशेष गरी विद्यार्थीहरु र जेष्ठ नागरिकहरु समस्यामा परेका छन् ।दैनिक आवतजावत गर्ने विद्यार्थीहरु जोखिम रुपमा पाईपमा मार्फत हिड्न बाधय छन् । उक्त बाटो छिटो र पाएक पर्ने भएकाले रानीजरुवा, पातुखोला,बेलुवा ,दमारगाउँ, कल्लेबल्लेका बासीन्दा समेत आवतजावत गर्दछन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया