प्रदेश ५ को नामाकरण र राजधानीका विषयमा विज्ञ टोलीद्धारा स्थलगत अनुगमन

दाङ, २३ कात्तिक । प्रदेश नम्बर ५ को राजधानी र नामका सम्बन्धमा अध्ययन गर्न गठित समितिको सहयोगका लागि नियुक्त गरिएको विज्ञ टोलीले स्थलगत रूपमा अनुगमन सुरु गरेको छ । अनुगमनका आधारमा उसले तायर पार्ने प्रतिवेदनका आधारमा समितिले प्रतिवेदन तयारी पारी सभामा प्रस्तुत गरेपछि प्रदेशको नामाकरण र राजधानी तोक्ने विषय प्रक्रियामा लैजाने सभामुख पूर्ण घर्तीले बताउनुभयो । सभामुख घर्तीले बनिसकेका शहरभन्दा पनि नयाँ स्थानलाई प्रदेशको राजधानी बनाउनुपर्ने बताउनुभयो । समितिको आधारभूत प्रतिवेदन बनाएर विज्ञ समूहले स्थलगत रूपमा अनुगमन गरीरहेको र प्रदेशको राजधानी तथा केन्द्र सम्बन्धी समितिले प्रतिवेदन बुझाउने वित्तिकै सभामा जाने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया