
तुलसीपुर, २२ कार्तिक
संघिय सांसद हिराचन्द्र केसीले खानेपानीका लागि हाईड्यामको विकल्प नभएको बताएका छन् । पछिल्लो समय कुवा र खानेपानीका मुहानहरु सु्क्दै जान थालेको भन्दै जनतालाई सहज रुपमा पानी पु¥याउनका लागि डिबबोरीङ र हाइड्यामको बिकल्प नभएको सांसद केसीले बताए । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा भएको कार्यक्रममा केसीले यस्तो बताएका हुन । ‘हिजो २० हातमा पानी निस्कीने कुवामा आज ६० हातमा निस्किन्छ भने एक सय मिटरमा पानी निस्किने डिपबोरीङमा डेढ सय मिटमा पनि पानी आउँदैन,’ सांसद केसीले भने –‘ त्यसैले हाइड्याम निर्माण गरेर पानी संचित गर्नुपर्छ ।’
उरबर भूमि भनेर चिनिने दाङ उपत्यका पछिल्लो सयम मरुभूमिमा परिनत हुन लगोको भन्दै यस्तै अवस्था भए २० बर्षमा मरभूमि बन्ने सांसद केसीले ठोकुवा गरे । सो अवसरमा खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले तुलसीपुर खानेपानीले अघि सारेका योजना कार्यान्वयनका लागि पहल गर्ने बताए ।
संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, तुलसीपुर खानेपानीका पूर्व अध्यक्ष टोपबहादुर शाह, सल्लाहकार शंकर प्रसाद पौडेल लगाएतले बोलेका ििथए । कार्यक्रमको सहजीकरण सचिव मनोज लामीछानेले गरेका थिए ।