त्रिवेणी बन समुहमा नेकपाको प्यानल विजयी

तुलसीपुर, २१ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ गहतेमा रहेको त्रिवेणी सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्यानल विजयी भएको छ । समुहको २४ औ साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि विहिवार निर्वाचन भएको थियो ।नेकपाको तर्फबाट उम्मेदवार बनेका विरेन्द्र बुढा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले प्रतिद्धन्दी नेपाली काग्रेस र विप्लव नेतृत्व नेकपा गठबन्धनको सयुक्त प्यानलका पुर्ण प्रसाद गैरेलाई पराजित गरेका हुन् । त्यस्तैगरी उपाध्यक्ष पदमा पनि नेकपा प्यालनकै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
जसमा देवेन्द्र केसीले सयुक्त प्यानलका झुपु रोकालाई पराजित गरेका हुन् । यस्तै सचिवमा सर्मिला शर्मा आचार्य विजयी भएकी छिन् भने उनकी प्रतिद्धन्दी रेजिना चन्द पराजित भएकी हुन् । समितिका अनुसार कोषाध्यक्षमा शिव कुमार केसी, सहसचिवमा रजनी चन्द निर्वाचित भएका छन् ।
समुहको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । समुहका सदस्य पदहरुमा भने सर्वसम्मत चयन गरिएको समितिका संयोजक यज्ञ बहादुर बुढाले जानकारी दिएा छन् ।सदस्यहरुमा निमा खरेल, चित्र बहादुर खरेल, महिमा केसी, बम बहादुर मल्ल, पवित्रा परियार र ठग बहादुर घर्ति चयन भएका छन् । साथै निर्वाचित पदाधिकारीलाई वडा अध्यक्ष विजय बिक, वडा सदस्य छवि खरेल, नेकपा तुलसीपुर ३ वडा कमिटिका सचिव चेतमान सेजुवाल लगाएतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया