सिमेन्ट उद्योगमा काम गर्ने भारतीय नागरिक एकको मुत्यु एक घाईते

दाङ, २१ कात्तिक । दाङको एक सिमेन्ट उद्योगमा काम गर्ने भारतीय नागरिक एक जनाको मुत्यु भएको छ भने एक जना घाईते भएका छन् ।  । जिल्लाको घोराही ३ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने भारतिय मजदुरी गर्ने भारत उडिसा घर भएका २७ बर्षिय अभय नायकको उपचारको क्रममा कोहलपुर गएराती निधन भएको प्रहरीले बताएको छ । उद्योगमा काम गर्ने क्रममा उनी सहित अर्का ३५ बर्षिय मानप वारिक बुधवार बेलुका छतबाट खसेर गम्भिर घाईते भएका थिए । उनको पनि अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया