ओपेन्द्र बस्नेत
तुलसीपुर, २० कार्तिक /दाङ निर्वाचन क्षेत्र ३ (ख) मा नेपाली कांग्रेसले नेता केशव आचार्यलाई टिकट दिएको छ । यआगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि प्रदेश सभा सदस्यको उमेदवार कांग्रेसले मनोन गर्ने एक दिन अघि आचार्यलाई बनाएको हो ।
कांग्रेस पदाधिकारी बैठकमा चलेको लामो छलफल र बहसपछि अन्ततह आचार्यले टिकट पाएको कांग्रेस क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्काले जानकारी दिनुभयो । पदाधिकारी बैठक तीन दिनसम्म सभापति शेरबहादुर देउवाको निबास बुढानिल कण्ठमा बसेको थियो । महासमिति सदसस्य समेत रहेका आचार्य कांग्रेस भित्र पुराना र अहिले सम्म अबसर प्राप्त गर्न नसकेका नेताका रुपमा चिनिन्छन् । खिमप्रसाद खराल, शंकर डाँगी र केशव आचार्य बिच तिब्र प्रतिस्पर्धा भएपनि कांग्रेस नेता सशांक कोइरालाले आफनो अडानबाट टसकोमस नगरेका कारण आचार्यले टिकट नभएको नेता खिम प्रसाद खरालले जानकारी दिनुभयो ।
गत असोज ३० गते बसेको नेपाली कांग्रेस क्षेत्र नं.(ख) को बैठकले १० जनाको नाम सिफारिस गरेको भएपनि नेपाली कांग्रेस क्षेत्र नं.३ ले ४ जनाको नाम थप गरेर १४ जनाको नाम सिफारिस गरेको थियो ।नेपाली काँग्रेस क्षेत्र नं ३ ‘ख’ ले किरणबहादुर शाह, केशव आचार्य, खिमप्रसाद खराल, चुडामणि ढकाल, जगत खडका, टिका घर्ती, भरत केसी, मदन रसिक, सुरेश हमाल र शंकर डाँगीको नाम क्षत्रीय कमिटीमा सिफारिस गरेको थियो । क्षेत्रले, सिफारिस गरिएका नामहरु समानुपातिक नभएको भन्दै कल्चु चौधरी, गिता पौडेल, घनश्याम सुनार सेर्पाइली र तारा भण्डारीको नाम थप गरेर जिल्लामा सिफारिस गरेको थियो ।
क्षेत्रीय कमिटीले कार्तिक ५ गते जिल्लामा सिफारिस गरेकका नामलाई जिल्ला कमिटीले कार्तिक ६ गते नै केन्द्रीय कमिटीमा पठाएको थियो ।नेपाली कांग्रेसको विधानमा तीन जना भन्दा बढी सिफारिस गर्न नमिल्ने प्राब्धान छ । प्रदेश सांसद उत्तर कुमार वलीको सवारी दुर्घटनामा परि गएको फागुन १० गते निधन भएपछि रिक्त रहेको त्यस क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुदै छ ।