भिरबाट लडेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक, १७ कात्तिक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ५ बोल्देका ४९ बर्षिय नेत्रबहादुर तामाङ (मोक्तान)को भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भिरबाट खसेर उपचारका क्रममा मेलम्ची ल्याउदै गर्दा गयराति उहाँको मृत्यु भएको हो । काम गरेर घर फर्कदै गर्दा भिरबाट लडेको र उपचारको क्रममा मेलम्ची लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया