
गढवामा हिजाे भएकाे टयाक्टर दुर्घटनाकाे प्रहरीले पठाएकाे बिबरणा जस्ताकाे तस्तै उल्लेख गरिएकाे छ ।
मृत्युहुनेहरुको नामावली बिबरणः–
१-जि.दाङ गढवा गा.पा.६ मनिकापुर बस्ने टिकापुनको छोरी बर्ष ११ कि निनु पुन ।
२-ऐ.ऐ.बस्ने कमल परियारको छोरी बर्ष १२ कि सिमा परियार।
३-ऐ.ऐ.बस्ने टिकाराम पुनको छोरी बर्ष १२ कि सुनिता पुनमगर ।
मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको ।
१-ऐ.ऐ.बस्ने बर्ष १४ कि करुणा घर्ती बाया गालामा चोट सामान्य
२-ऐ.ऐ.बस्ने बर्ष १६ कि मन्जु के.सी.हात खुट्टामा चोट सामान्य
३-ऐ.ऐ.बस्ने बर्ष १५ कि प्रियका आले टाउको,हात खुट्टामा चोट सामान्य
४-ऐ.ऐ.बस्ने बर्ष १२ को बिक्रम बुढा टाउकोमा चोट सामान्य
५-ऐ.ऐ.बस्ने बर्ष ९ को संदिप पुन टाउकोमा चोट सामान्य
६-ऐ.ऐ.बस्ने बर्ष १३ कि सबिना पुन टाउकोमा चोट सामान्य
७-ऐ.ऐ.बस्ने बर्ष १४ को अनिल घर्ति बाया खुट्टामा किचिएको अवस्था सिरियस ।
८- ऐ.ऐ.बस्ने बर्ष २६ को प्रसान्त के.सी. बाया खुट्टामा चोट सामान्य ।
९- ऐ.ऐ.बस्ने बर्ष १२ को आकाश राना टाउकोमा चोट सामान्य ।
१०- ऐ.ऐ.बस्ने बर्ष ११ को शुसिल परियार टाउकोमा चोट सामान्य ।
११- ऐ.ऐ.बस्ने बर्ष १२ कि मनिष राना टाउकोमा चोट सामान्य ।
१२- ऐ.ऐ.बस्ने बर्ष १२ कि श्रीया आले टाउकोमा चोट सामान्य ।
१३- ऐ.ऐ.बस्ने बर्ष १२ कि बर्षा परियार ढाडमा चोट सामान्य ।
१४- ऐ.ऐ.बस्ने बर्ष १५ कि सितला घर्ति बाया आखामा चोट सामान्य ।
१५- ऐ.ऐ.बस्ने बर्ष ११ कि बिनु मदाई बाया खुट्टामा चोट सामान्य ।
१६- ऐ.ऐ.१२ को सुसान्त आले टाउकोमा चोट सामान्य ।
१७- ऐ.ऐ.बस्ने बर्ष १२ कि.सुजाता आले टाउकोमा सामान्य ।
१८- ऐ.ऐ.बस्ने बर्ष १२को आयुष शाह टाउकोमा चोट सामान्य ।
१९- ऐ.ऐ.बस्ने बर्ष १५ कि भीमा कुमारी घर्ती टाउकोमा सामान्य ।
गोरखा अस्पताल घोराहीमा उपचार भईहरेको घाईतेः-
ऐ.ऐ.बस्ने बर्ष १४ कि भुमिका रागुमगर हात गाला र च्युडोमा चोट सामान्य ।
चिसापानीमा पिकनिक खाई घर तर्फ फर्क्रने क्रममा जिल्ला दाङ गढवा गाउपालिका वडा नं ५ गढवा कोईलाबास सडक खण्डको चिसापानी भन्ने स्थानमा रा १ त २३९३ नं.को ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिदा दुर्घटना भएकाे िथयाे ।
फाेटाे फाइल ।