सेनाका मेजर सहित ८जना जुवाको खालबाट पक्राउ

काठमान्डौ, १५ कार्तिक
नेपाली सेनाका मेजर सहित ८ जनालाई काठमाडौं प्रहरी परिसर, टेकुले जुवाको खालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका मेजर राजेन्द्र शाही, बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया