ट्याक्टर दुर्घटनामा मुत्यु हुनेको सनाखत

तुलसीपुर, १५ कात्तिक । ट्याक्टर दुर्घटनामा परि मुत्यु हुनेहरुको सनाखत भएको छ । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुदा गढवा गाउँपालिका ६ मनिकापुर बस्ने ११ वर्षिया निनु पुन, सोहि ठाउँ बस्ने १२ बर्षिया सिमा परियार र १२ बर्षिया सुनिता पुनमगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २६ जना सवार रहेको ट्याक्टर एक्कासी पल्टीएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि २३ जना घाईते भएका छन् । उनीहरुको लमही अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । गढवा गाउँपालिका वडा नं– ५ चिसापानीमा शुक्रवार बनभोज कार्यक्रम गरेर फर्कदै गरेको रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया